नेप्सेमा बिपिडब्लु लघुवित्तको ३ लाख कित्ता आइपीओ सूचीकृत, कति छ ओपन रेञ्ज ? « Arthapath.com
१७ बैशाख २०८०, आईतवार

नेप्सेमा बिपिडब्लु लघुवित्तको ३ लाख कित्ता आइपीओ सूचीकृत, कति छ ओपन रेञ्ज ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिपि डब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ९७ हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको २ लाख ३ हजार कित्ता गरेर कुल ३ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

कम्पनीको पहिलो कारोबार न्यूनतम प्रतिकित्ता ८६ रुपैयाँ ७८ पैसादेखि अधिकतम २६० रुपैयाँ ३४ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनीको सेयर सूचीकरण पश्चात सिम्बोल आरटिएस दिएको छ ।


प्रतिक्रिया दिनुहोस्