किन्ने होइन त सूर्योदय वोमी लघुवित्तको सेयर? १ लाख कित्ता सेयर बिक्रीमा « Arthapath.com
२० बैशाख २०८०, बुधबार

किन्ने होइन त सूर्योदय वोमी लघुवित्तको सेयर? १ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । सूर्योदय वोमी लघुवित्तको दुइ जना सेयरधनीले १ लाख कित्ता बढी सेयर बिक्री आज देखि खुल्ला गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनी रामेश्वरी श्रेष्ठको नाममा रहेको ८३ हजार कित्ता, देबेन्द्र कुमार श्रेष्ठको नाममा रहेको २० हजार ९ सय १२ रुपैयाँ कित्ता गरि कुल १ लाख ६ हजार ९१२ रुपैयाँ कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेको हो ।

उक्त सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सो सेयरको बिक्री मूल्य भने उल्लेख गरेको छैन् । सेयर खरिदको लागि संस्थापकहरुले आजको मितिबाट ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन संस्थाको कर्पोरेट कार्यलय ललितपुरमा आइपुग्ने गरि पेश गनुपर्नेछ ।

तोकिएको समयावधिमा विधमान सेयरधनीहरुले सेयर खरिदका लाथि कुनै पनि आवेदन नदिएमा खण्डमा प्रचलित कानुन बमोजि अन्य बिक्री प्रक्रिया अघि बढाइने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्