किन्ने होइन त जानकी फाइनान्सको सेयर? ५८ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले एक जना संस्थापक सेयरधनीले नाममा रहेको सेयर बिक्री गर्ने लागेको छ।कम्पनीले संस्थापक सेयरधनी अशोक कुमार साहको नाममा रहेको ५८ हजार संस्थापक सेयर बिक्री गर्ने लागेको हो ।
उक्त सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सो सेयरको बिक्री मूल्य भने खुलाएको छैन् । सेयर खरिदको लागि संस्थापकहरुले आजको मितिबाट ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन संस्थाको कम्पनी सचिव कार्यालयमा आइपुग्ने गरि पेश गनुपर्नेछ ।
तोकिएको समयावधिमा विधमान सेयरधनीहरुले सेयर खरिदका लागि कुनै पनि आवेदन नदिएको खण्डमा प्रचलित कानुन बमोजि अन्य बिक्री प्रक्रिया अघि बढाइने बताइएको छ ।