तीन लघुवित्तसहित थप पाँच कम्पनीको ५७ लाख कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

तीन लघुवित्तसहित थप पाँच कम्पनीको ५७ लाख कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप पाँच कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा विभिन्न कम्पनीको ५७ लाख ८६ हजार ९४२.४६७१ कित्ता सेयर सूचीकृत भएको हो ।

इन्फिनिटि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर आइतबार सूचीकृत भएको हो । कम्पनीको २० प्रतिशत बोनस बापतको ८ लाख २९ हजार २६.५६ कित्ता सेयर सूचीकृत भएको हो ।

त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको १५ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सबैंको लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको १८ प्रतिशत बोनस बापतको ४ लाख ८६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनस बापतको १३ लाख २६ हजार ६१४.३६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा साग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको ८.५३४ प्रतिशत बोनस बापतको २५ लाख ६९ हजार २२०.५४७१ कित्ता सेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्