लगानीकर्ताले भेटे पूर्व प्रधानमन्त्री देउवा, पूँजी बजार सुधारका लागि ६ बुँदे ज्ञापनपत्र पेश « Arthapath.com
११ जेष्ठ २०८०, बिहीबार

लगानीकर्ताले भेटे पूर्व प्रधानमन्त्री देउवा, पूँजी बजार सुधारका लागि ६ बुँदे ज्ञापनपत्र पेश



काठमाडौं । पूँजी बजार सुधारका लागि सेयर लगानीकर्ताहरुले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष ६ बुँदे माग राखेका छन् ।

बिहिबार पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसहितको टिमले देउवा समक्ष भेटघाट गरि पँुजीबजारको हालको स्थिती अबगत गराउदै विभिन्न मागहरु सम्बोधनको लागि ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले पूर्व प्रधानमन्त्री देउवा समक्ष खुल्ला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टकएक्सचेन्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने अनुरोध गरेका हुन् ।

सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनु पर्ने र १२ करोडसम्मको सेयर कर्जाको सिमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनका लागि अनुरोध लगानीकर्ताहरुले गरेका हुन् ।

यस्ता छन् मागः

१ लगानीकर्ताहरुको प्रमुख माग रहेको खुल्ला रुपमा नयां ब्रोकर लाइसेन्स, नयां स्टकएक्सचेन्ज र कमोडिटी एक्सचेनजको लाइसेन्स वितरण प्रकिया बिना ढिलासुस्ति कार्यान्वयन गर्ने ।
२ बाह्र करोड सम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्था फिर्ता लिनका लागि अनुरोध ।
३ शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध ।
४ लगानीकर्तालाई अल्पकालिन र दिर्धकालिन लगानीकर्ताको रुपमा विभाजन गरी सोहि अनुरुप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दिर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पुंजीगत लाभकर लगाउने व्यवस्था गर्ने ।
५ विधमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनुहुन अनुरोध ।
६ तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकाले उक्त समस्याको तत्कील समाधान गर्ने ब्यवस्था गरिदिनु हुन अनुरोध ।


प्रतिक्रिया दिनुहोस्