अप्पर स्याङ्गेको आइपीओ भर्ने होइन त ? आवेदन दिने अन्तिम दिन नजिकिदैं « Arthapath.com
११ जेष्ठ २०८०, बिहीबार

अप्पर स्याङ्गेको आइपीओ भर्ने होइन त ? आवेदन दिने अन्तिम दिन नजिकिदैं



काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि जेठ १ गतेदेखि आइपीओ निष्कासन गरेको हो ।

आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा जेठ १६ गते र बिक्री नभएमा जेठ ३० गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ १६ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो । जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्ने छ । उक्त आइपीओमा लमजुङ्ग जिल्ला मस्र्याङ्गदी गा।पा। ९साविक घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९० का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत ले हुन आउने ६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले ६५ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

आइपीओमा स्थानीय बसिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्