युनिक नेपाल लघुवित्तको एफपिओमा कति पर्यो आवेदन ? « Arthapath.com
१२ जेष्ठ २०८०, शुक्रबार

युनिक नेपाल लघुवित्तको एफपिओमा कति पर्यो आवेदन ?



काठमाडौं । युनिक नेपाल लघुवित्तले एफपिओमा ६९ करोड ५५ लाख ९७ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार एपिपिओमा शुक्रबार साँझ ५ः२ बजेसम्म ५ लाख ८६ हजार ६५४ आवेदकले ६९ लाख ५५ हजार ९७० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले जेठ ११ गतेदेखि जेठ ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ २५ गतेसम्म आवेदन दिने सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीको एफपीओेमा लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्