शिवम सिमेन्टको २१ करोडको भयो कारोबार, अन्य कुन कम्पनीको कति ? « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

शिवम सिमेन्टको २१ करोडको भयो कारोबार, अन्य कुन कम्पनीको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३८ अकंले घटेर १९४१.७४ बिन्दुमा बन्द भएको छ ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको ७० लाख ५० हजार ३९ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९ रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर २१ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, नेपाल टेलिकमको ९ करोड १३ लाख रुपैयाँ, सोल्टी होटलको ८ करोड ८६ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ८ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्