डिम्याट खाताको संख्या साढे ५६ लाख पुग्यो, मेरो सेयर कति ? « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

डिम्याट खाताको संख्या साढे ५६ लाख पुग्यो, मेरो सेयर कति ?



काठमाडौं । धितोपत्र बजारमा लगानीकर्ताको सहभागिताको अवस्था उत्साजनह रहेका छ । अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक सर्वेक्षण २०७९।०८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

२०७८ असारसम्म ३७ लाख ८९ हजार डिम्याट खाताको संख्या रहेकोमा २०७९ फागुनसम्म उक्त संख्या ५६ लाख ५४ हजार पुगेको छ । यो संख्या कुल जनसङ्ख्याको १९.४ प्रतिशत हो ।

२०७८ असारमा करिब २८ लाख ५० हजार संख्यामा ररहेको मेरो सेयर खाताको संख्या २०७९ फागुनसम्म ४६ लाख ७१ हजार पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्