बजेटले लगानीकर्ताको घाउमा मलमपट्टीको सट्टा नुन छर्कियोः अध्यक्ष राधा पोखरेल « Arthapath.com
१६ जेष्ठ २०८०, मंगलवार

बजेटले लगानीकर्ताको घाउमा मलमपट्टीको सट्टा नुन छर्कियोः अध्यक्ष राधा पोखरेल



काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बजेटले लगानीकर्ताको घाउमा मलमपट्टीको सट्टा नुन छर्किएको बताएकी छिन् ।

पूँजी बजारमा सरकारले थोरै भएपनि राहत दिने लगानीकर्ताको ठूलो अपक्षा रहेकोमा बजेटले पुँजीबजारलाई “सुबिधा भन्दा दुबिधा“बढी दिएको बताइन् । उनले, “यति ठूलो पूँजी बजारमा हामीले थोरै भएपनि सरकारले राहत दिने अपक्षा गरेका थियौ । बजेकटको मुखमा सेयर बजार राम्रै भइरहेको थियो । हामी लगानीकर्ताले सरोकारवाला निकाय, प्रधानमन्त्री लगायत सबैलाई भेट्दा खेरी पूँजी बजार प्रति सकरात्मक छौ भन्दा हामी पनि खुसी थियौ तर अहिले जुन किसिमका प्याकेटहरु ल्याएको छ त्यस माथि घाउमा मलमपट्टी भन्दा नुन छिर्केने काम भएको छ ।”

बजेट लगानीकर्ताका लागि कागलाई बेल पाक्यो अर्थ नै विष मात्र भएको बताएकी हुन् । लगानीकर्ताले उठाउदैं आएका छ बुँदे मागमा कुनै माग पनि सरकारले सम्बोधन नगरेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्