मंगलबार कुन कम्पनीको कति भयो कारोबार ? « Arthapath.com
१६ जेष्ठ २०८०, मंगलवार

मंगलबार कुन कम्पनीको कति भयो कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.१६ अकंले घटेर १८८८.६१ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको ७० लाख ७४ हजार २५५ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर २१ करोड २४ लाख रुपैयाँको कारोबार भएको हो ।

साथै, ग्लोबल आइएमईको प्रोमोटर सेयरको १० करोड ११ लाख रुपैयाँ र नेपाल लाइफको ८ करोड ४ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको ७ करोड ४ लाख रुपैयाँको कारोबार छ ।


प्रतिक्रिया दिनुहोस्