आन्दोलित लगानीकर्ताले गरे ब्रोकर नम्बर ५० र ३२ बन्द « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

आन्दोलित लगानीकर्ताले गरे ब्रोकर नम्बर ५० र ३२ बन्द



काठमाडौं । आन्दोलित लगानीकर्ताले २ ब्रोकर शाखा बन्द गरेको छन् । लगानीकर्ताले आफ्नो आन्दोलनलाई साथ दिन भन्दै ब्रोकर नम्बर ५० र ३२ बन्द गरेका छन् ।

ब्रोकर नम्बर ५० अर्थात् क्रिष्टल कञ्चनजंघा सेक्युरिटिजले र ब्रोकर नम्बर ३२ अर्थात् प्रिमियर सेक्युरिटिज कम्पनीले पनि टिएमएस बन्द गरेको जनाएको छ ।

साथै, सबै ब्रोकर बन्द गर्ने लगानीकर्ताले आग्रह गर्दै आएका छन् । धितोपत्र बजारका लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई नै अन्तिम कर घोषणा गर्न माग राख्दैं आन्दोलित भएका हुन् । व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई नै अन्तिम कर कायम उनीहरुको माग रहेको छ ।


प्रतिक्रिया दिनुहोस्