लगानीकर्ताको आन्दोलनकाबीच सेयर बजार दोहोरो अकंले बढ्यो, कारोबार रकम भने ओरालो « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

लगानीकर्ताको आन्दोलनकाबीच सेयर बजार दोहोरो अकंले बढ्यो, कारोबार रकम भने ओरालो



काठमाडौं । धितोपत्र बजारका लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई नै अन्तिम कर घोषणा गर्न माग राख्दैं आन्दोलित भएका छन् । व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई नै अन्तिम कर कायमको माग गर्दै आन्दोलित भएका हुन् ।

लगानीकर्ताहरुले ब्रोकर नम्बर बन्दैं हिनेका छन् । उनीहरुको आन्दोलनलाई सांसद हरि ढकालले समेत साथ दिएका छन् । उनले भारत भ्रमण सकेर अर्थमन्त्री स्वदेश आउने वित्तीकै लागनीकर्ताको माग लगेर जाने बताएका छन् । हिजो नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग समेत छलफल गरेका थिए ।

बजेट यताका दुई दिन राताम्य भएको सेयर बजारमा आज भने सुधार देखिएको छ । आन्तरिक राजस्व विभागले धितोपत्र कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको जनाएको छ । सोहि कारण पनि आज सेयर बजार दोहोरो अकंले सुधार आएको जानकारहरु बताउछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.५४ अकंले बढेर १८६६.३४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार १३ वटै उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको ०.५८ प्रतिशत, विकास बैंक समूहको ०.५५ प्रतिशत, फाइनान्स समूहको ०.७६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४९ प्रतिशत, हाइड्रोपावर समूहको १.३९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज प्रभु बैंकको प्रोमोटर सेयरको २३ करोड २१ लाख रुपैयाँ, शिवम सिमेन्टको ११ करोड २५ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्