कुन कम्पनीको कति भयो कारोबार ? « Arthapath.com
१८ जेष्ठ २०८०, बिहीबार

कुन कम्पनीको कति भयो कारोबार ?



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार ओरालो लागको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.५४ अकंले बढेर १८६६.३४ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको कारोबार भएको छ ।

आज प्रभु बैंकको प्रोमोटर सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर २३ करोड २१ लाख रुपैयाँको कारोबार भएकोछ ।

साथै, शिवम सिमेन्टको ११ करोड २५ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ४ करोड ५५ लाख रुपैयाँ, नेपाल लाइफको ३ करोड ४१ लाख रुपैयाँ र आत्मनिर्भर लघुवित्तको ३ करोड ३१ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्