रावा इनर्जीको आइपीओमा झण्डै एक अर्ब रुपैयाँ संकलन, आवेदन दिने भोलि अन्तिम मौका « Arthapath.com
२१ जेष्ठ २०८०, आईतवार

रावा इनर्जीको आइपीओमा झण्डै एक अर्ब रुपैयाँ संकलन, आवेदन दिने भोलि अन्तिम मौका



काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा ९५ करोड ८६ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आइतबार साँझ ५ः०६ बजेसम्म ८ लाख ६९ हजार ६४५ जनाले ९५ लाख ८६हजार ४०० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो । जसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा जेठ २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा जेठ ३२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्