रावा इनर्जीको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ? « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

रावा इनर्जीको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?



काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा एक अर्ब २७ करोड ६१ लाख ४८ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज अन्तिम दिन सोमबार साँझ ५ः०६ बजेसम्म ११ लाख ६५ हजार ५२६ जनाले एक करोड २७ लाख ६१ हजार ४८० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको थियो । जसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ । बाँकी ६ लाख ४३ हजार ६६७ कित्ताका लागि सर्वसाधारणका लागि खुला गरेको थियो ।

कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्