बोर्डले दियो थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स, कुन-कुनले पाए ? « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

बोर्डले दियो थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स, कुन-कुनले पाए ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप एक दर्जन कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । सोमबार बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो ।

धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिइएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए ।

उनका अनुसार धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा समित कार्य गर्ने कम्पनीलाई लाइसेन्स प्रदान गरिएको हो ।
बोर्डले एलिट स्टक हाउस, इन्फिनिटी सेक्यूरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना, मेघा स्टक मार्केट्स हातेमालो फाइनान्सियल सर्भिसेसलाई ब्रोकर लाइसेन्स दिइएको छ ।

यस्तै, बोर्डले मनि वल्र्ड शेयर एक्सचेञ्ज, माछापुच्छ्रे सेक्यूरिटिज, के.वि.एल सेक्यूरिटिज, कलश स्टक मार्केट र नबिल सेक्यूरिटिजलाई ब्रोकर लाइसेन्स दिइएको हो ।


प्रतिक्रिया दिनुहोस्