नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ? « Arthapath.com
२४ जेष्ठ २०८०, बुधबार

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?



काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओमा बाँडफाँट भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपीओ बुधबार बिक्री प्रबन्धकमा मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वरमा बाँडफाँट भएको हो ।

कम्पनीले वैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३०० कित्ता आईपीओ विक्री गरेको थियो । कुल २० हजार ७९१ जनाको आवेदन परेकोमा २० हजार ७ सय ८५ जनाको आवेदन मात्र योग्य भएको छ ।

योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरीएको हो । १० कित्ता वा सोभन्दा बढीको लागि आवेदन दिने २० हजार ७८५ जनाले १० कित्ताकै दरले शेयर पाएका छन् भने २० कित्ता वा सोभन्दा बढीको लागि आवेदन दिने १६ हजार ५९५ जनाले थप १० कित्ता शेयर पाएका छन् ।

३० कित्ता वा सोभन्दा बढीको लागि आवेदन दिने १२ हजार १११ जनामध्ये ६ हजार १५० जनाले थप १० कित्ता शेयर पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्