सेयर बजारमा झिनो सुधारः ८ उपसूचकमा हरियाली, कारोबार २ अर्ब ३६ करोड माथि « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

सेयर बजारमा झिनो सुधारः ८ उपसूचकमा हरियाली, कारोबार २ अर्ब ३६ करोड माथि



काठमाडौं । पछिल्लो समय ब्याजदर अझै घट्ने आश्वासन राष्ट्र बैंकले दिदै आएको छ । गभर्नर महाप्रसाद अधिकारीले पनि ब्याजदर अझैं घट्ने बताउदैं आएका छन् ।

राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटेको छ । लगानीकर्तामा लागेको १५ प्रतिशतको सिमा लगायतका कुरा सम्बोधन हुने आशाले लगानीकर्तामा उत्साह आएकोछ । अर्थमन्त्री प्रकाशशरण महतले पनि सेयर बजार सम्बन्धी नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गर्ने आश्वासन दिए सँगै लगानीकर्ता उत्साहित बनेका हुन् ।

सेयर बजार आज झिनो अकंको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६८ अकंले बढेर १९३२.३३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँको कारोबार भएको छ ।

बुधबार ८ उपसूचकमा हरियाली आएको छ । आज विकास बैंक समूहको १.१४ प्रतिशत, फाइनान्स समूहको ०.०४ प्रतिशत, हाइड्रोपावर समूहको ०.४६ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.७७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज सोल्टी होटलको १० करोड १३ लाख रुपैयाँ र शिवम सिमेन्टको ८ करोड ९७ लाख रुपैैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्