सेयर बजारमा सामान्य सुधारः कारोबार रकम २ अर्ब ३० करोड माथि, ९ उपसूचमा हरियाली « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

सेयर बजारमा सामान्य सुधारः कारोबार रकम २ अर्ब ३० करोड माथि, ९ उपसूचमा हरियाली



काठमाडौं । सेयर बजारका लागि अधिकांश सूचक सकरात्मक भइरहदाँ बजारले भने उत्साहजनक गति लिन सकेको छैन । राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटेको छ । सेयर धितोमा १२ करोडको सीमा र जोखिमभार १५० प्रतिशत गरिनु पर्ने लगानीकर्ताको माग रहेको छ । बजेट जस्तै मौद्रिक नीतिले पनि आफ्नो माग सम्बोधन नगर्ने हो कि ? भन्ने अन्यौलले सेयर बजार गतिमा जान सकेको छैन ।

१ अर्बभन्दा तल झरेको दैनिक कारोबार रकम अहिले २ अर्बमाथि पुग्न थालेको छ । बैंकहरुमा तरलता सहज, सीडी रेसियो र अन्तर बैंक ब्यादजर पनि तल आइरहेका छन् । ब्याजदर अझै घट्ने अनुमान गरिएको छ । सोहि कारण पनि सेयर बजारमा सुधार तिर लम्किने जानकारहरु बताउछन् ।

केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिबाट सेयर धितोमा १२ करोडको सीमा र जोखिमभार १५० प्रतिशत माग सम्बोधन गरिदिएमा बजार अवश्य पनि सेयर बजारमा ठूलो टेवा पुग्ने जानकारहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२७ अकंले बढेर १९३९.६१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सुचीकृत २७३ कम्पनीको ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार ९ उपसूचकमा हरियाली आउँदा ४ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको ०.९१ प्रतिशत, फाइनान्स समूहको १.११ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.७८ प्रतिशत, लाइफ इन्स्योरेन्सको १.४९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको ९ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्