१३६ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

१३६ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजारमा सुधार देखिए पनि १३६ कम्पनीका लगानीकर्ताको सेयर मूल्य घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२७ अकंले बढेरको छ । ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको कारोबार भएको छ ।

आज रिभर फल्स पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ६.६४ प्रतिशतले घटेको छ ।

साथै, खप्तड लघुवित्तको ३.९४ प्रतिशत, ग्लोेबल आइएमइ फण्डको ३.८९ प्रतिशत, सिटिजन म्युचुअल फण्डको ३.७७ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्