आठ कम्पनीको कारोबार १० करोड माथि, शिवम सिमेन्टको २९ करोड
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा झिनो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९४अकंले घटेर २०९१.३९ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँको कारोबार भएको छ ।
आज शिवम सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज २९ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, नेपाल टेलिकमको १८ करोड १३ लाख रुपैयाँ, सोल्टी होटलको १७ करोड ८९ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्यारेन्सको १७ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
















