जनउत्थान सामुदायिक लघुवित्तको ३६ हजार सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ? « Arthapath.com
२ श्रावण २०८०, मंगलवार

जनउत्थान सामुदायिक लघुवित्तको ३६ हजार सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले चार जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी समुहका प्रेम कुमार बरालको नाममा रहेको छ हजार कित्ता, मान बहादुर बीकेको १० हजार कित्ता, माधव प्रसाद नेपालको १० हजार कित्ता र यज्ञ बिक्रम शाहीको १० हजार कित्ता गरि कुल ३६ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरु लगायत अन्य जोकोही व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको (साउन २ गते) ३५ दिनभित्र कम्पनीकोे केन्द्रिय कार्यालय बुटबलमा आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्