सेवा हाइड्रोले आइपीओ निष्कासन गर्ने « Arthapath.com
२९ भाद्र २०८०, शुक्रबार

सेवा हाइड्रोले आइपीओ निष्कासन गर्ने



काठमाडौं । सेवा हाइड्रो लिमिटेड कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्ताव पारितका लागि असोज २० गते साधारण सभा बोलाएको छ ।

सभा कम्पनीको रजिष्टार्ड कार्यालय थापागाँउ, बानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सेयर जारी गरेपछि प्राप्त हुने रकम आयोजना निर्माण गर्दा कायम कर्जा तिर्न खर्च हुनेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्