सेयर बजारमा सामान्य सुधार, तर बढेन कारोबार रकम
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । दसैंपछिको दोस्रो कारोबार दिन बजार ३.०४ अंकले वृद्धि भएको हो ।
आइतबार भारी गिरावट आएको बजारमा आज पनि झिनो सुधार आएको हो । उक्त दिन बजार परिसूचक १८७८.७० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
बजारमा सामान्य सुधार देखिएता पनि कारोबार रकममा भने घटेको छ । सोमबार ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज २८ लाख २४ हजार ७ कित्ता सेयर किनबेच भएको हो ।
आज होटेल तथा पर्यटन इन्डेक्स २०.१० अंक, उत्पादक तथा प्रशोधन समूह ४०.४२, म्युचुअल फण्ड ०.०८ अंकले घटेको छ । यी बाहेकका सबै समूहलाई बढेका छन् ।
सोमबार साधाना लघुवित्त वित्तीय संस्थाको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ३ करोड ६० लाख ७४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २३ लाख ५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।


















