बजारमा ओरालो यात्राको निरन्तरता, लगानीकर्ता निराश हुँदा नियामक भने मुखदर्शक
काठमाडौँ । आज पनि सेयर बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । सेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बन्दै गएका छन् । लगानीकर्ता नियामक निकायहरुलाई दोष देखाइरहेको छन् । तर, नियामक निकायम भने मुखदर्शक भएर बसेको छ ।
धितोपत्र बोर्डले नकारात्मक नेटवर्थ भएका कम्पनीलाई समेत आइपीओ निष्कासनको अनुमति दिएको भन्दै लगानीकर्तामा निराश पैदा भएको छ । प्रिमियममा आइपीओ निष्कासन गरेको सोनापुर मिनरल्स कारोबार आएको चौथो दिन समेत नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य आइपीओको भन्दा तल झरेको छ । यता, प्रिमियममा आइपीओ निष्कासन गरेको घोराही सिमेन्टको समेत सेयर मूल्य ओरालो लागेको छ । सोहि कारण पनि लगानीकर्ता डराएका छन् ।
लगानीकर्ताको मनोबल कमजोर भइरहँदा बजारले सुधारको बाटो तय गर्ने सकेको छैन । अहिले सामाजिक संजालमा समेत केहि ब्यक्तिले सेयर बजारबारे नकारात्मक टिकाटिप्पणी गरि रहेका छन् । सोहि कारण पनि लगानीकर्ताको मनोबल माथि उठ्न सकेको छैन । लाभांश सिजन चलि रहेको छ । अधिकांश कम्पनीहरुले लाभांश घोषणा गर्ने अन्तिम तयारी गरि रहेका छन् । यस्तो बेला समेत सेयर बजार माथि उठ्न सकेको छैन ।
बजार आज ५.८३ अकंले घटेर १८५८.५६ बिन्दुमा बन्द भएको छ । बुधबार २९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर किनबेच हुँदा ८१ करोड २० लाख ८९ हजार रुपैयाँको कारेबार भएको छ ।
आज १२ उपसूचकमा राताम्य लागेको छ । बजारमा आज इन्भेष्टमेन्ट समूहको ०.०८ प्रतिशतले सेयर मूल्य बढेको हो ।
सोनापुर मिनरल्सको १४ करोड ६० लाख रुपैयाँ र आशा लघुवित्तको प्रोमोटर सेयरको ७ करोड २ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।