बजारमा ओरालो यात्राले पायो निरन्तरता, १२ उपसूचक राताम्य, लगानीकर्ताको मनोबल खस्किदैं
काठमाडौँ । बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । बजार आज चौथो दिन समेत राताम्य भएको हो । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्तामा निराश छाएको छ ।
पछिल्लो समय सेयर बजार निरन्तर राताम्य हुँदा संसददेखि सडकमा आवाजहरु उठन् थालेका छन् । बजारमा लागेको राताम्यले लगानीकर्ता चिन्तित बन्दा नियामक निकाय भने मुखदर्शक भएका छन् ।
धितोपत्र बोर्डले नकारात्मक नेटवर्थ भएका कम्पनीलाई समेत आइपीओ निष्कासनको अनुमति दिएको भन्दै लगानीकर्तामा निराश पैदा भएको छ । लगानीकर्ताको मनोबल कमजोर भइरहँदा बजारले सुधारको बाटो तय गर्ने सकेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.४६ अकंले घटेर १८२६.२३ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २८९ कम्पनीको ३५ लाख ५८ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा ९७ करोड २३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.५० प्रतिशत, विकास बैंक समूहको १.६४ प्रतिशत, फाइनान्स समूहको १.०८ प्रतिशत, हाइड्रोपावर समूहको १.११ प्रतिशतले सेयर मुल्य ओरालो लागेको हो ।
आज नबिल बैंकको प्रोमोटर सेयरको ४ करोड ६० लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।