भिजन लुम्बिनीको आइपीओ बाँडफाँट, ५ जना भाग्यमानीले पाए ११ कित्ता « Arthapath.com
५ मंसिर २०८०, मंगलवार

भिजन लुम्बिनीको आइपीओ बाँडफाँट, ५ जना भाग्यमानीले पाए ११ कित्ता



काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान कम्पनीको आइपीओ बाँडफाँट गरेकोहो ।

आइपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जस मध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा आवेदन ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको छ ।

योग्य रहेका आवेदकलाई गोलाप्रथामा आइपीओ बाँडफाँट गर्दा २ लाख ७ हजार ५ सय २८ जनाले सेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्