सेयर बजारमा दोहोरो अकंको गिरावट, कारोबार समेत खुम्चियो, लगानीकर्ताको मनोबल खस्किदैं

काठमाडौँ । सोमबार १० दिन पछि खुलेको बजारमा सामान्य सुधार देखिएको थियो । तर, त्यो सुधार एक दिन समेत टिक्न नपाउँदै आज बजारमा भारी गिरावट आएको छ । लगानीकर्ता निराश बन्दै गएका छन् ।
बजारले ओरालो यात्रा तय गरी रहेको बेला नियामक निकायको सक्रियता भने देखिएको छैन । लगानीकर्ताको मनोबल कमजोर भइरहेको छ । यो बेला सेयर बजारलाई प्रभाव पार्ने नीति परिवर्तन तथा आवश्यक प्रशिक्षण लगानीकर्ताले नियामक निकायबाट खोजी रहेका छन् ।
ठुला र संस्थागत लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेका छन् देखिन्छन् । साना लगानीकर्ताले बजार उठाउन सकेका छैनन् । सेयर बजारमा प्रभाव पार्ने प्रमुख कारण भनेको नै बैङ्कहरूको ब्याजदर हो । वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर लागू गरेका छन् । मङ्सिर महिनाका लागि अधिकांश बैङ्कहरूले ब्याजदर घटाएका छन् । यसको प्रभाव समेत सेयर बजारमा पर्ने सकेको छैन ।
कात्तिक २४ गते अर्थ समितिको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । यसको प्रभाव समेत सेयर बजारमा देख्न सकिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८२९.३५ बिन्दुमा बन्द भएको छ । मंगलबार २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँको कारोबार भइरहेको छ ।
आज १२ उपसूचक राताम्य भएका छन् । मंगलबार बैंकिङ समूहको ०.५३ प्रतिशत, विकास बैंक समूहको ०.८८ प्रतिशत, फाइनान्स समूहको १.५७ प्रतिशत, हाइड्रोपावर समूहको १.३९ प्रतिशतसहित १२ समूहको सेयर मूल्य घटेको हो ।

हिमालयन डिष्टिलरीको ७ करोड ७८ लाख र सोनापुरको ४ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।
