एक कम्पनीको सेयरमा नकारात्मक सर्किट, २१६ कम्पनीको मूल्य घट्यो
काठमाडौँ । सेयर बजारमा दोहोरो अकंको गिरावट देखिएको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार निरन्तर ओरालो लागि रहेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८२९.३५ बिन्दुमा बन्द भएको छ । मंगलबार २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँको कारोबार भइरहेको छ ।
आज माथिल्लो मैलुङको सेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर २५ रुपैयाँ ८० पैसाले घटेर प्रतिकित्ता २३३ रुपैयाँ ८० पैसा पुगेको छ । आज २१६ कम्पनीको सेयर मूल्य घटेको छ ।
साथै, महिला लघुवित्तको ८.४६ प्रतिशत, उपकार लघुवित्तको ७.३२ प्रतिशत र नेष्डो समृद्धको ७.२७ प्रतिशतले घटेको छ ।