सेयर बजारमा दोहोरो अकंको सुधार, कारोबार पनि १ अर्ब माथि, अबको बाटो कता ? « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

सेयर बजारमा दोहोरो अकंको सुधार, कारोबार पनि १ अर्ब माथि, अबको बाटो कता ?



काठमाडौँ । मंगलबार राताम्य भएको बजार आज सुधार आएको छ । बजारमा आज दोहोरो अकंको सुधार आएको हो ।

लगानीकर्ताको मनोबल भने कमजोर भइरहेको छ । यो बेला सेयर बजारलाई प्रभाव पार्ने नीति परिवर्तन तथा आवश्यक प्रशिक्षण लगानीकर्ताले नियामक निकायबाट खोजी रहेका छन् ।

ठुला र संस्थागत लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेका छन् देखिन्छन् । साना लगानीकर्ताले बजार उठाउन सकेका छैनन् । सेयर बजारमा प्रभाव पार्ने प्रमुख कारण भनेको नै बैङ्कहरूको ब्याजदर हो । वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर लागू गरेका छन् । मङ्सिर महिनाका लागि अधिकांश बैङ्कहरूले ब्याजदर घटाएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६७ अकंले बढेर १८५०.३३ बिन्दुमा बन्द भएको छ । बुधबार २९४ कम्पनीको ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १२ उपसूचकमा हरियाली आएको छ । बुधबार बैंकिङ समूहको ०.२९ प्रतिशत, विकास बैंक समूहको ०.१७ प्रतिशत, फाइनान्स समूहको १.३१ प्रतिशत र होटल तथा पर्यटन समूहको ३.४९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज सोनापुरको १० करोड ७६ लाख रुपैयाँ र प्राइम कर्मसियल बैंकको संस्थापक सेयरको १० करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्