एलआइसी नेपालको सेयर मूल्य प्रतिकित्ता ५१ रुपैयाँले बढ्यो, अन्य जीवन बीमा कम्पनीको कति ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

एलआइसी नेपालको सेयर मूल्य प्रतिकित्ता ५१ रुपैयाँले बढ्यो, अन्य जीवन बीमा कम्पनीको कति ?



काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार एकल अकंले बढेको छ । बजार आज ९.८७ अकंले बढेर १८६०.२० बिन्दुमा बन्द भएको छ । आज कारोबार समेत बढेर १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको हो ।

बिहिबार सेयर बजारमा सुधार आएसँगै जीवन बीमा कम्पनीको सेयर मूल्य पनि बढेको छ । नेप्सेमा सूचीकृत ११ कम्पनीको सेयर मूल्य बढेको हो । आज सबै भन्दा बढी एलआइसी नेपालको सेयर मूल्य बढेको छ । कम्पनीको सेयर एकै दिन प्रतिकित्ता ५१ रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ पुगेको हो । कम्पनीको आज २ हजार १०० कित्ता किनबेच हुँदा २८ लाख २२ हजार ४०९ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, सेयर मूल्य बढ्ने दोस्रो नम्बरमा सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५ रुपैयाँले बढेर ४५९ रुपैयाँ पुगेको हो ।

साथै, क्रमशः सिटिजन लाइफको प्रतिकित्ता २३ रुपैयाँ ८० पैसाले बढेर ४३० रुपैयाँ, सूर्यज्योति लाइफको प्रतिकित्ता २० रुपैयाँ २० पैसाले बढेर ४९६ रुपैयाँ, रिलायबल नेपाल लाइफको प्रतिकित्ता २० रुपैयाँले बढेर ४४० रुपैयाँ, आइएमई लाइफको प्रतिकित्ता १९ रुपैयाँ ३० पैसाले बढेर ४८७ रुपैयाँ र एशियन लाइफको प्रतिकित्ता १५ रुपैयाँ १० पैसाले बढेर ६१८ रुपैयाँ सेयर मूल्य बढेको छ ।

त्यस्तै, सेयर मूल्य बढाउने कम्पनी मध्य हिमालयन लाइफको प्रतिकित्ता १३ रुपैयाँ ६० पैसाले बढेर ४०३ रुपैयाँ ६० पैसा, सन नेपाल लाइफको प्रतिकित्ता १३ रुपैयाँ १० पैसाले बढेर ४५५ रुपैयाँ १० पैसा, नेशनल लाइफको प्रतिकित्ता ११ रुपैयाँ ६० पैसाले बढेर ५५५ रुपैयाँ ६० पैसा र नेपाल लाइफको ९ रुपैयाँ ४० पैसाले बढेर ६५६ रुपैयाँ ४० पैसा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्