सेयर बजारमा उच्च सुधार, परिसूचक १९ सयमा उक्लियो, कारोबार कति ? « Arthapath.com
१० मंसिर २०८०, आईतवार

सेयर बजारमा उच्च सुधार, परिसूचक १९ सयमा उक्लियो, कारोबार कति ?



काठमाडौँ । सेयर बजारमा केहि दिन यता सुधारको संकेत देखिरहेको छ । बजार आज लगातार तेस्रो दिन सुधार आएको हो । साताको पहिलो कारोबारको दिन मै बजार उच्च सुधार देखिएको हो ।

कारोबारमा समेत सुधार देखिएको छ । केहि दिन यता १ अर्ब समेत पुग्न सकस भइरहेको कारोबार आज भने झण्डै २ अर्ब पुगेको हो । सेयर बजारमा प्रभाव पार्ने प्रमुख कारण भनेको नै बैङ्कहरूको ब्याजदर हो । वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर लागू गरेका छन् । मङ्सिर महिनाका लागि अधिकांश बैङ्कहरूले ब्याजदर घटाएका छन् । सोहि प्रभाव समेत सेयर बजारमा परेको छ ।

धितोपत्र बोर्ड नयाँ ब्रोकरलाई लाइसेन्स खुला गरेसँगै ब्रोकर सङ्ख्या बढेको छ । तर अहिलेसम्म नयाँ ब्रोकर सहर केन्द्रित छन् । बजारलाई प्रभाव पार्ने विषय अब नयाँ स्टक एक्सचेन्ज हो । कात्तिक २४ गते अर्थ समितिको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । यसको प्रभाव समेत सेयर बजारमा देख्न सकिन्छ ।

नियामक निकायहरु पनि सेयर बजारमा मुद्धालाई लिएर सकारात्मक हुँदे गइरहेका छन् । लगानीकर्ताका लागि राहत हुने कार्यमा राष्ट्र बैंक र धितोपत्र बोर्ड पनि गम्भिर रहेका छन् । अधिकांश कम्पनीले लाभांश घोषणा समेत गरी रहेका छन् । सोहि प्रभाव समेत अहिले बजारमा परी रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.७५ अकंले बढेर १९०७.९५ बिन्दुमा बन्द भएकोछ । आज २९४ कम्पनीको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार १३ उपसूचक नै हरियाली भएका छन् । आज बैंकिङ समूहको १.८७ प्रतिशत, विकास बैंक समूहको २.६३ प्रतिशत, फाइनान्स समूहको ३.९१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.८० प्रतिशत, हाइड्रोपावर समूहको ३.०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज सोनापुरको ११ करोड ६६ लाख ६७ हजार रुपैयाँ, रिलायब नेपाल लाइफको ७ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्