निरन्तर चौथो दिन समेत खुम्चियो बजार, निराश बन्दै लगानीकर्ता, किन लियो ओरालो बाटो ? « Arthapath.com
१४ मंसिर २०८०, बिहीबार

निरन्तर चौथो दिन समेत खुम्चियो बजार, निराश बन्दै लगानीकर्ता, किन लियो ओरालो बाटो ?



काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत राताम्य यात्राले निरन्तर पाएको छ । साताको पहिलो कारोबारको दिन हरियालीले स्वागत भएको बजार त्यस यताका चार वटै कारोबारमा भने ओरालो बाटो तय गर्यो ।

सेयर बजारमा आएको निरन्तरको गिरावटले लगानीकर्तामा निराश पैदा भएको छ । लगानीकर्ताको मनोबल कमजोर भन्दै गएको अवस्था छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आउनमा ढिलाई भइरहेको छ । लगानीकर्तालाई मौद्रिक नीतिले कहिले खुसी बनाउन सकेको छैन सोहि कारण पनि लगानीकर्ता डराएको अवस्था छ । नियामक निकायले सेयर बजारलाई फाइदा हुने गरी मौद्रिक नीति बन्ने आश्वासन दिने गरे पनि अन्तिममा लगानीकर्तालाई रुष्ट बनाउने विगतको घटना रहेको छ ।

सरकारले लगानी वृद्धिका लागि निरन्तर पहल गरी रहेको छ । सरकारले लगानी सम्मेलन गर्ने निर्णय गरेकै बेला निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट प्रबद्र्धक आजियाटा बाहिरिने भएको छ । यसले गर्दा विदेशी राष्ट्रहरुमा नकारात्मक सन्देश समेत गएको देखिन्छ । यसको प्रभाव समेत बजारमा पर्ने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०६ अकंले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको छ । बिहिबार २८९ कम्पनीको ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ३५ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।

साताको अन्तिम कारोबारको दिन म्युचुअल फण्ड समूहको सेयर मूल्य बाहेक अन्य १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.९१ प्रतिशत, विकास बैंक समूहको ०.५९ प्रतिशत, फाइनान्स समूहको १.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको १.५६ प्रतिशत गरी १२ उपसूचकको सेयर मूल्य घटेको छ ।

आज नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको ११ करोड ६७ लाख १२ हजार र सोनापुरको ८ करोड ४९ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्