सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख १७ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेको छ । प्रतितोला चाँदी १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्