बजारमा झिनो सुधारले पायो निरन्तरता, अबको बाटो बुल नै हो त ?
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत सेयर बजारमा झिनो सुधारले निरन्तरता पाएको छ ।बजार आज पनि एकल अकंले बढेको हो । नाफा बुक गर्नेहरुको हाबी हुँदा बजारमा उच्च सुधार देखिन सकेको छैन ।
राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्रभाव परेको हो । राष्ट्र बैंक लचिलो भएपछि बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताका अनुमान रहेको छ । अर्थमन्त्री प्रकाश शरण महतले मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्वपूर्ण परिवर्तन भएको बताएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३० अकंले बढेर १९९४.३५ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०० कम्पनीको ९६ लाख ३७ हजार ४५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १५ करोड १६ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज पाँच उपसूचकमा राताम्य भएको छ । बिहिबार बैंकिङ समूहको ०.०२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.०६ प्रतिशत, जीवन बीमा समूहको ०.१३ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.४८ प्रतिशत र ब्यापार समूहको ०.९२ प्रतिशतले सेयर मूल्य घटेको छ ।
बिहिबार सोनापुरको १६ करोड ४ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफको ११ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ ।