१२ बीमा कम्पनीको सेयर मूल्य बढ्यो, अन्य कुनको अवस्था कस्तो ? « Arthapath.com
२ पुष २०८०, सोमबार

१२ बीमा कम्पनीको सेयर मूल्य बढ्यो, अन्य कुनको अवस्था कस्तो ?



काठमाडौँ । सेयर बजार लगातार पाँचौ दिन समेत सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.१४ अकंले बढेर २०६०.४९ बिन्दुमा आएको छ । आज कारोबार समेत १ वर्ष यता कै उच्च भएको छ । कारोबार आज ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँको भएको हो ।

सोमबार बजार बढीसँगै बीमा कम्पनीहरुको सेयर मूल्यमा सुधार आएको छ । नेप्सेमा सूचीकृत ११ वटा जीवन बीमा कम्पनीमा ५ कम्पनी र १२ निर्जीवन बीमा कम्पनीमो ७ कम्पनीको सेयर मूल्यमा सुधार आएको हो ।

आज जीवन बीमा कम्पनीमा सबैभन्दा बढी सेयर मूल्य बढाउने सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको प्रतिकित्ता मूल्य ५२ रुपैयाँ ७० पैसाले बढेर ५७९ रुपैयाँ ७० पैसा पुगेको हो । त्यस्तै, क्रमश नेशनल लाइफको ९ रुपैयाँ ५० पैसाले बढेर ६२३ रुपैयाँ ४० पैसा, नेपाल लाइफको ४ रुपैयाँ ५० पैसाले बढेर ६६९ रुपैयाँ, सन नेपाल लाइफको ३ रुपैयाँ ३ रुपैयाँ२० पैसाले बढेर ५४३ रुपैयाँ, रियाबलन नेपाल लाइफको ३ रुपैयाँले बढेर ५५५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीमा सबै भन्दा बढी सेयर मूल्य बढाउने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयर ५३ रुपैयाँले बढेर १४ हजार ३८८ रुपैयाँ रहेको छ । क्रमशः सगरमाथा लुम्बिनीको १५ रुपैयाँ ९० पैसाले बढेर ७३६ रुपैयाँ ९० पैसा, सानिमा जिआइसीको १३ रुपैयाँ ७० पैसाले बढेर ५४४ रुपैयाँ, शिखर इन्स्योरेन्सको ७ रुपैयाँ ८० पैसाले बढेर ७७३ रुपैयाँ ८० पैसा, सिद्धार्थ प्रिमियमको ४ रुपैयाँले बढेर ७५५ रुपैयाँ, आइजिआई प्रुडेन्सियलको २ रुपैयाँ १० पैसाले बढेर ५६० रुपैयाँ र युनाइटेड अजोडको १ रुपैयाँ २० पैसाले बढेर ६१० रुपैयाँ भएको हो ।


प्रतिक्रिया दिनुहोस्