बुढानिलकण्ठ हेरिटेजले आइपीओ निष्कासन गर्ने « Arthapath.com
४ पुष २०८०, बुधबार

बुढानिलकण्ठ हेरिटेजले आइपीओ निष्कासन गर्ने



काठमाडौँ । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित पुष २७ गते साधारण सभा बोलाएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजे बस्ने गरी आव्हान गरेको हो । यस्तै, सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्