घोराही सिमेन्टले १५ प्रतिशत बोनस दिने « Arthapath.com
६ पुष २०८०, शुक्रबार

घोराही सिमेन्टले १५ प्रतिशत बोनस दिने



काठमाडौं । घोराही सिमेन्ट लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार दिउसो बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर ( कर बाहेक) वितरण गर्ने निर्णय गरेको छ ।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी पुस २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा दाङको घोराही उपमहानगरपालिका–१५ होटल पौवा भरतपुरमा हुने छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्