टिकेन लगानीकर्ताको खुसी, अन्तिमको १० मिनेटमा बजारको ओरालो यात्रा, किन घट्दै छ मार्केट ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन पुनः बजार ओरालो लागेको छ । निरन्तर खुम्चि रहेको बजार बुधबार भने दोहोरो अकंको सुधार आएको थियो । तर, उक्त सुधार एक दिन पनि टिक्न सकेन ।
बजारमा आज उतार चडाव देखियो । बजार केहि अकंले बढेको भए पनि अन्तिमको १० मिनेटमा बजार ओरालो लागेको हो ।
लगानीकर्ताको मनोबल अझै माथि उठ्न सकेको छैन । लामो समय गुमाएका लगानीकर्ताले बजार थोरै बढ्दा समेत नाफा बुक गर्ने झुम्मिएको देखिन्छ । यसपटक अधिकांश कम्पनीको लाभांश दर घटेको छ भने कति कम्पनीले लाभांश नदिने समेत निर्णय गरेका छन् । सोहि कारण समेत बजार प्रभावित बनेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.७१ अकंले घटेर २०४९.२८ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।
आज चार उपसूचकमा मात्र हरियाली आएको छ । बिहिबार हाइड्रोपावर समूहको १.८५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.११ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.७६ प्रतिशत र ब्यापार समूहको २.३४ प्रतिशतले सेयर मूल्य बढेको हो ।

बिहिबार सोनापुरको ३३ करोड ४५ लाख र शिवम सिमेन्टको १९ करोड ४८ लाख रुपैउाँको कारोबार भएको छ ।
