तीन दिनको हरियालीपछि बजारमा सामान्य करेक्सन, अब उचाई कतासम्म ? « Arthapath.com
१ असार २०८२, आईतबार

तीन दिनको हरियालीपछि बजारमा सामान्य करेक्सन, अब उचाई कतासम्म ?



काठमाडौँ । तीन दिन लगातार हरियाली आएको बजारमा आज भने करेक्सन देखिएको छ । लगानीकर्ता नाफा बुक गर्नेमा झुम्मिएपछि बजारमा सामान्य करेक्सन देखिएको हो ।

बजार बढ्दै करेक्सन हुँदै नयाँ उचाईमा पुग्ने गर्दछ । बजार घट्नु र बढ्नु एक प्रक्रिया हो । पुस मसान्तमा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता पनि आय कर तथा बैंक ब्याजको साँवा र ब्याज तिर्ने दबाबमा रहेका हुन्छन् । मसान्त सकिदै जाँदा लगानीकर्ता ब्याज तिर्ने तिर लागेका छन् । सोहि कारण समेत आज सामान्य करेक्सन देखिएको हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता रहेको छ । कर्जा प्रवाह नभएपछि बैंकहरुले अझै ब्याजदर घटाउने सम्भावना देखिएको छ । आज एनआइसी एशिया बैंक र कुमारी बैंकले ब्याजदर घटाउने निर्णय गरी सकेको छ । अब बिस्तार अन्य बैंकहरुले समेत ब्याजदर घटाउने छन् । यसको सकारात्मक प्रभाव सेयरमा बजारमा देखिनेछ ।

नियामक समेत सेयर बजारलाई बाधा गर्ने नीति खुकुलो बनाउदै लैजान थालेको छ । नियामकको लचिलो नीतिले लगानीकर्तामा उत्साहको माहोल रहेको छ । सोहि कारण बजार घट्नु कुनै कारण नै नरहेको जानकारहरु बताउछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.६२ अकंले घटेर २०८८.९९ बिन्दुमा बन्द भएकोछ । आज ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज चार उपसूचकमा सुधार आउँदा ९ उपसूचक राताम्य भएका छन् । बिहिबार हाइड्रोपावर समूहको १.५६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.८३ प्रतिशत, अन्य समूहको ०.२४ प्रतिशत र ब्यापार समूहको ०.३९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज हिमालयन बैंकको प्रोमोटरको २३ करोड ८५ लाख रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको प्रोमोटर सेयरको १९ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्