चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, यी हुन् आज उच्च दरमा कमाउने कम्पनीहरु

काठमाडौं । बिहीबार चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज रिडी पावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
यस्तै, आज सीइडीबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.८५ प्रतिशत, दोर्दी खोला जलविद्युतको ८.४६ प्रतिशत, हिमालयन रिइन्स्योरेन्सको ८.४४ प्रशितले सेयर मूल्य वृद्धि भएको छ ।
आज यी कम्पनीसहित इन्फिनिटी लघुवित्त, लिवर्टी इनर्जी, ङादी ग्रुप, रिभर फल्स, मोदी इनर्जी लगायतका लगानीकर्ता उच्च दरमा कमाएका छन् ।
यी हुन् आज उच्च दरमा कमाउने कम्पनीहरु


