घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो « Arthapath.com
७ माघ २०८०, आईतवार

घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उच्च दोहोरो अंकले घटेको छ । आइतबार बजार २५.६३ अंकले घटेको हो ।

उक्त दिन बजार परिसूचक २१३०.१८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज हाइड्रोपावर समूह ५.५० अंकले बढेको छ, अन्य समूह पनि २३.९५ अंकले बढेको छ । यी बाहेकका सबै समूह राताम्य बनेका छन् ।

आइतबार बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरणको असर सेयर बजारमा देखिएको हो । विशेषगरि विवरण अनुसार बैंकहरुको खुद नाफा लगायतका मुख्य सूचकहरुमा गिरावाट आएको छ । अधिकांश बैंकहरुको सेयर मूल्यमा गिरावट आएको छ।त्यसको प्रभाव सेयर बजारमा परेको हो । बढ्दो खराब कर्जा र आर्थिक शिथिलताले पनि बजार प्रभावित भएको हो ।

उक्त दिन कारोबार रकम पनि गिरावट आएको छ । आज ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको १ करोड २८ लाख २० हजार २९७ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । उक्त दिन ५६ करोड ७९ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्