निरन्तर ओरालो लाग्दै सेयर बजार, खुम्चिँदै कारोबार रकम « Arthapath.com
१० माघ २०८०, बुधबार

निरन्तर ओरालो लाग्दै सेयर बजार, खुम्चिँदै कारोबार रकम



काठमाडौं । सेयर बजारको गिरावटले निरन्तरता पाएको छ। साताको चौथो कारोबारदिनसम्म आइपुग्दा बजार ओरालो यात्रामै छ ।

मंगलबार झिनो घटेको बजार आज भने १०.२५ अंकले घटेको छ । उक्त दिन बजार परिसूचक २०८८ दशमलव शून्य ४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यो बिचमा नाफा सुरक्षित गर्न सक्रिय हुँदा बजारले गति लिन सकिरहेको छैन । अर्को तर्फ बैंक तथा वित्तीय संस्थाहरुको त्रैमासिक वित्तीय विवरण सन्तोषजन नहुँदा नै बजार घटीरहेको छ।

बुधवार बैंकिङ्ग समूह १.१३ अंक र म्युचुअल फन्ड झिनो ०.०२ अंकले वृद्धि भएको छ। यी बाहेकका अन्य सबै समूहहरु राताम्मे बनेका छन् ।

बजारमा आएको निरन्तरको गिरावटसँगै कारोबार रकम पनि खुम्चिँदै आएको छ । आज ३ अर्ब ८९ करोड ७० लाख २२ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। उक्त दिन कम्पनीको २५ करोड १५ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।


प्रतिक्रिया दिनुहोस्