कर्पोरेट क्षेत्रमा लगानी विस्तार गरिरहेको एशियन लाइफले ७.७५ प्रतिशत लाभांश दिने « Arthapath.com
१४ माघ २०८०, आईतवार

कर्पोरेट क्षेत्रमा लगानी विस्तार गरिरहेको एशियन लाइफले ७.७५ प्रतिशत लाभांश दिने



काठमाडौं । बैंकदेखि उड्डयन, जलविद्युत् र होटेलजस्ता नयाा कर्पोरेट क्षेत्रतर्फ लगानी विस्तारमा होमिएको एसियन लाइफ इन्स्योरेन्सले सेयरधनिहरुलाई भने ८ प्रतिशतभन्दा पनि कम लाभांश दिने घोषणा गरेको छ ।

अहिले अधिकतर वित्तीय संस्थाहरुको लाभांश क्षमता कमजोर भएका बेला एसियन लाइफले पनि न्यून परिमाणमा लाभांश घोषणा गरेको छ । बजारमा निक्षेपको ब्याजदर नै ११ प्रतिशत हाराहारी पुगेको गत आर्थिक वर्षमा बीमा कम्पनीहरुले तुलनात्मक रुपमा राम्रो आम्दानी गरेका थिए ।

बैंकमा निक्षेप राख्ने, कम्पनीहरुको सेयरमा लगानी गर्नेजस्ता काम बीमा कम्पनीले गर्छन् । त्यसै कारण बैंकिङ क्षेत्रमा तरलता अभाव भएको समयमा बीमा कम्पनीहरुको अक्सर नाफा बढ्ने गरेको छ । यद्यपि कर्पोरेट क्षेत्रमा ठूलो लगानी विस्तार नरिरहेको यो बीमा कम्पनीले लगानीकर्तालाई ७.७५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ ।

उक्त रकम पनि लगानीकर्ताले सेयर लाभांश (बोनस सेयर)को रुपमा पाउने छन् । यसले कम्पनी अझै पनि पूँजी बढाउने रणनीतिमै देखिएको छ । यसपछि कम्पनीको चुक्ता पूँजी २४ करोड ४५ लाख बढ्ने छ ।

शुक्रबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ७.७५ प्रतिशत सेयर लाभांश प्रदान गर्ने र त्यसको कर प्रयोजनका निम्ति ०.४ प्रतिशत नगद लभांश दिने निर्णय गरेको छ ।

सञ्चालक समितिको उक्त निर्णयलाई नियामक बीमा प्राधिकरणले सदर गर्यो भने आसन्न वार्षिक साधारण सभाबाट अनुमोदन गराउनु पर्ने हुन्छ । त्यसपछिमात्रै यो लाभांश सेयरधनिको खातामा पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्