दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ४ अर्ब माथि « Arthapath.com
२८ माघ २०८०, आईतवार

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम ४ अर्ब माथि



काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार बजार १०.५० अंकले घटेको हो ।
बजार परिसुचक पनि २०८५.८२ बिन्दुमा पुगेर बन्द भएको छ ।

विकास समूह ३.७७ अंक, जलविद्युत ६.०१ र म्युचुअल फन्ड झिनो अंक (०.०१) ले बढेको छ । यी बाहेकका अन्य सबै समूहरु राताम्य बनेका छन् ।

उक्त दिन बैंकिङ्ग समूह ९.०१ अंक, फाइनान्स ९.६१, होटेल तथा पर्यटन ८८.०८, लगानी समूह ०.२२, जीवन बीमा समूह ३०.५०, उत्पादक तथा प्रशोधन १६८, माइक्रोफाइनान्स १६.०४, निर्जीवन बीमा ४२.६२, अन्य समूह ०.४१ अंक र व्यापार समूह ४४.५२ अंकले घटेको छ ।

उक्त दिन कुल ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ५ ला ७१ हजार १९९ कित्ता सेयर किनबेच भएको छ।

उक्त दिन सबैभन्दा धेरै हिमालयन इन्स्योरेन्सको सेयर किनबेच भएको छ । आइतबार कम्पनीको ६२ करोड ४० लाख ७६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोड ४ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज हिमालयन डिस्टीलरीको ९ करोड २३ लाख २६ हजार, एनआइसी एशिया बैंकको ८ करोड ४२ लाख, हाथवे इन्भेष्टमेन्टको ८ करोड ३० लाख बरारबको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्