आज उच्च दरमा कमाउने कम्पनीहरु कुन-कुन हुन् ? « Arthapath.com
२९ माघ २०८०, सोमबार

आज उच्च दरमा कमाउने कम्पनीहरु कुन-कुन हुन् ?



काठमाडौं । सोमबार पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त दिन बोतलर्स नेपाल (बालाजु), समाज लघुवित्तसहित पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

उक्त दिन बोतलर्स नेपाल (बालाजु) को सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ६३६ रुपैयाँ बढेर ६ हजार ९९६ रुपैयाँ २० पैसा कायम भएको छ ।

आज समाज लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् प्रतिकित्ता १०१ रुपैयाँ ५० पैसा बढेर १ हजार ११७ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज पनि कुथेली बुखरी स्माल हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ९.९९ प्रतिशत, बलेफी हाइड्रोपावरको ९.९८, जोशी हाइड्रोपावरको ९.२९ प्रतिशत, दोर्दी खोलाको ८.५४, महुली लघुवित्तको ८.१२ र गुराँस लघुवित्तको ८.१० प्रतिशत वृद्धि भएको छ।

आज यी कम्पनीहरुसहित भिजन लुम्बिनी, किसान लघुवित्त, रिभर फल्स, हिमालयन हाइड्रोपावर, पिपुल्स पावर लगायतका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्