सेयर बजारमा बढोत्तरी « Arthapath.com
१५ फाल्गुन २०८०, मंगलवार

सेयर बजारमा बढोत्तरी



काठमाडौं । सेयर बजारमा बढोत्तरी देखिएको छ । मंगलबार पनि बजार ९.३४ प्रतिशत वृद्धि भएको हो । आज बजार परिसूचक २ हजार बिन्दु माथि नै छ ।

उक्त दिन फाइनान्स, होटेल तथा पर्यटन, लगानी समूह, म्युचुअल फन्ड, र अन्य इन्डेक्समा गिरावट आएको छ । यी बाहेका अरु समूह भने वृद्धि भएको छ ।

उक्त दिन कारोबार रकम भने २ अर्ब तल नै छ । आज १ अर्ब ८६ करोड ९८ लाख १३ हजार रुपैयाँ बराबरको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन सोनापुर मिनिरल्स एण्ड आयलको सेयर सर्वाधिक खरिदबिक्री भएको छ । आज कम्पनीको १४ करोड १९ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा शिवम् सिमेन्ट रहेको छ । कम्पनीको ८ करोड २९ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।


प्रतिक्रिया दिनुहोस्