सर्वोत्तम सिमेन्टको आइपीओ: कहिले हुन्छ बाँडफाँट ? यस्तो छ ओपनिङ्ग रेञ्जको संकेत « Arthapath.com
१८ फाल्गुन २०८०, शुक्रबार

सर्वोत्तम सिमेन्टको आइपीओ: कहिले हुन्छ बाँडफाँट ? यस्तो छ ओपनिङ्ग रेञ्जको संकेत



काठमाडौं । गत आइतबार अर्थात् फागुन १३ गतेदेखि १६ गते बुधवारसम्म बिक्री गरेको सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आइपीओ) को बाँडफाँटको तयारी भएको छ ।

कम्पनीले बुक बिल्डिङ प्रक्रियामार्फत मूल्य तय गरेर दोस्रो बजारमा आफ्नो सेयर बिक्रीमा ल्याएको थियो । अब कम्पनीको उक्त आइपीओ आगामी एक सातासम्म बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आगामी बुधवार अर्थात् फागुन २३ गतेसम्म बाँडफाँट गर्ने तयारी भएको हो । यद्यपि, आउँदो आइतबार भने आइपीओ प्रिअलोटमेन्ट गर्ने तयारी भएको क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओमा सेयरमा अन्तिम दिनसम्म १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताको माग गर्दै आवेदन दिएका छन् । यो माग भन्दा १९.३२ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट नै आइपीओ बाँडफाँट हुनेछ ।

कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको थियो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आइपीओमा कुल १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार रुपैयाँ संकलन भएको छ ।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दर आवेदन दिन मिल्नेगरि आइपिओ बिक्रीमा ल्याएको हो, लगानीकर्ता न्युनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो । अधिकतम भने १० हजार कित्ताका लागि आवेदन सकिने छ । न्युनतम ५० कित्ताका लागि आवेदन दिन पनि १८ हजार ४५ रुपैयाँ हाल्नुपर्ने व्यवस्था थियो ।

कम्पनीको आइपीओ ५५ हजार ५२१ जनाले न्युनतम ५० कित्ता पाउने छन् । यी बाहेक अन्य अर्थात् साढे ९ लाख बढीको हात खाली हुनेछ ।

कति पाउँला त ओपनिङ्ग रेञ्ज ?

सर्वोत्तक सिमेन्टको आइपीओले १८५ रुपैयाँ ३६ देखि ५५६ रुपैयाँ ०८ पैसासम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ३६ पैसा छ । यो गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार हो ।

यसका आधारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीलाईको आइपीओलाई १८५ रुपैयाँ ३६ पैसा देखि ५५६ रुपैयाँ ०८ पैसासम्म ओपनिङ्ग रेञ्ज तोक्ने देखिएको छ । नेप्सेले कुनै पनि कम्पनीको सूचीकरण पछि पहिलो कारोबारका लागि प्रतिसेयर नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्