५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न पिपुल्स पावरलाई आयोगले दियो अनुमति
काठमाडौं । पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर बिक्री गर्ने विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ ।
आयोगले फागुन १९ गते कम्पनीलाई १:०.५ अनुपातमा हकप्रद सेयर जारी गर्नर्का अनुमति प्रदान गरेको हो । आयोगको पूर्वस्वीकृतिपछि अब हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश हुनेछ ।
सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ ।